बहु-विशेषता स्वास्थ्य शिविरको आयोजना

n6362252031729688844831a7c29d6c2ebbb17efad8b6a98dc522dd001f1217403e10fc693205bb67851d73

पाकिम: पाकिम जिल्लाको पाकिम जन स्वास्थ्य केन्द्रमा मंगलवार बहु-विशेषता स्वास्थ्य शिविर आयोजना गरियो। ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवाका लागि राष्ट्रिय कार्यक्रमको संयुक्त तत्वावधानमा आयोजित उक्त कार्यक्रमको उद्घाटन जिल्ला उपाध्यक्ष प्रभा प्रधानले गरिन्।मुख्य अतिथि प्रधानले शिविर उद्घाटन गर्दै ज्येष्ठ नागरिकहरूका लागि जारी कार्यक्रम र स्वास्थ्यको महत्त्वमाथि जोड दिइन्। शिविरमा समर्पित विशेषज्ञहरूले ज्येष्ठ नागरिकहरूको विभिन्न रोगहरूको जॉंच गरे। जॉंचपछि बिरामीहरूलाई औषधि पनि उपलब्ध गराइएको थियो।यस अघि पूर्व क्षेत्रका जिल्ला नोडल अधिकारी डा. कुल्जन लामाले आयुष प्रणालीको बारेमा जानकारी गराए। पाकिम जिल्लाका मुख्य चिकित्सा अधिकारी डा. मदनमणि ढकालले शिविरबारे जानकारी गराएका थिए। शिविरमा एसआईईसीबीका उपनिदेशक ग्यानेन्द्र कार्की, एनसीडीका जिल्ला नोडल ​अधिकारी डा. प्रभात माउतन, प्रभारी चिकित्सा अधिकारी डा. सिद्धान्त बस्नेत, चिकित्सा अधिकारी डा. सर्जोय हाङ सुब्बा, सामुदायिक स्वास्थ्य अधिकारी गंगा शर्मा र राधिका गुरुङ, एएनएम जमुना छेत्री आदि पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement