एसडीएफ अध्यक्ष पवन चामलिङलाई पद्मश्री साधना सम्मान-२०८० प्रदान

n6362252001729688638952a444fabf988bf8771566c8179e4b1d82f9fafd2b2d809802572747d03e347e2c

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङलाई पद्मश्री साधना सम्मान २०८० प्रदान गरिएको जानकारी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान-२०६२ रत्ननगर, चितवन, नेपालद्वारा सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलाई पद्मश्री साधना सम्मान-२०८० प्रदान गरेको छ। नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घसाधना गरेकोमा यस प्रतिष्ठानद्वारा चामलिङलाई सम्मानित गरेको हो। नेपालको राजधानी काठमाडौंमा मंगलवार आयोजित भव्य कार्यक्रममा नगद राशी तीन‌ लाख रुपियाँ समेतको सम्मान अर्पण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement