गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत सरस्वती विद्या निकेतन, रानीपुलमा मंगलवार विद्यार्थीहरूका लागि नेत्र जॉंच शिविर आयोजन गरियो। यस स्वास्थ्य शिविरको आयोजना २५औं विश्व दृष्टि दिवसको भागको रूपमा गरिएको थियो, जसको थीम ‘लभ युअर आइस किड्स’ रहेको थियो।
शिविरको आयोजना स्वास्थ्य एवं परिवार कल्याण विभागले विद्यालयको संयुक्त तत्वावधानमा गरेको थियो। शिविरमा ग्रेटर लायन्स क्लब, सिलगढ़ीको टीमले विद्यार्थी नानीहरूको आँखा जॉंच गरे। यस अतिरिक्त, विद्यार्थीहरूमा आँखाको स्वास्थ्यबारे जागरूकता फैलाउन विभिन्न गतिविधिहरू पनि सम्पन्न गरिएको थियो।यस क्रममा विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता र वक्तृत्व प्रतियोगिता आयोजन गरियो। प्रतियोगिताहरूमा विद्यार्थीहरूले उत्साहका साथ भाग लिए। विजयी विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकगण, विद्यार्थीहरू, युपीएचसीका आशा कर्मीहरू आदि सहभागी थिए। यसैगरी, राज्य आईईसी अधिकारी एवं उपनिदेशक सोनाम ग्याल्छेन भोटिया, विद्या भारती सिक्किमका महासचिव विजय धिताल, विद्यालयका प्रमुख संरक्षक राज कुमार अग्रवाल, रानीपुल युपीएचसीका कर्मचारीहरू र ग्रेटर लायन्स क्लब, सिलगढ़ीका प्रतिनिधिहरू उपस्थित रहेको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।