कालेबुङ: कालेबुङमादेखि पाँच दिवसीय गोर्खे मेला आरम्भ भएको छ। गोर्खा गौरव संस्थान कालेबुङको आयोजनामा कालेबुङको मेला टारमा सम्पन्न तेस्रो गोर्खे मेलाको उद्घाटन गरिएको छ। पाँच दिवसीय उक्त मेलाको समापन आगमी २७ अक्टोबरमा हुनेछ। उद्घाटन कार्यक्रमका मुख्य अतिथिको रूपमा गोर्खा सांस्कृतिक संरक्षण समितिका संस्थापक सदस्य मिङ लिवाङको बाहुलीबाट रिबन काटेर यस मेलाको उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा अतिथिहरूको रूपमा गोर्खा सांस्कृतिक संरक्षण समितिका संस्थापक सदस्य फुर्बा वाङदी, सुरज गुरूङ, मणीन्द्र भुजेल, राजेन गुरूङ आदिको उपस्थिति रहेको थियो। गोर्खे मेलाको मुख्य उद्देश्य गोर्खा जातिको भाषा, साहित्य, संस्कृति, परम्परा र भेषभूषाको संरक्षण र सम्वर्द्धन गर्नु रहेको संस्थानका संयोजक प्रण्य गुरूङले बताएका छन्।

उनले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खा गौरव संस्थानको आयोजनामा तेस्रो वर्षको गोर्खे मेला तथा खाद्य उत्सव शुरु भएको जानकारी गराएका छन्। उनले दशैं र तिहारको बीचको समयलाई सदुपयोग गर्दै वार्षिक रूपमा आयोजना गरिने गोर्खे मेलाको आयोजना गर्ने गरेको र यसपाली पनि उक्त गोर्खे मेला शुरु भएकोले सबै गोर्खे दाजु भाइहरूलाई मेलामा उपस्थितिको लागि आह्वान् गरेका छन्।