मंगन जिल्ला अदालतमा एनेक्स कोर्ट बिल्डिङको उद्घाटन

00-1-Mangan-3

न्यायिक संरचनामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित

मंगन: मंगन जिल्ला अदालतमा एनेक्स कोर्ट बिल्डिङको उद्घाटन समारोह आज मंगनमा सम्पन्न भयोl यसले यस क्षेत्रको न्यायिक संरचनामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ। समारोहमा प्रमुख अतिथि सिक्किम उच्च अदालतका मुख्य न्यायाधीश न्यायाधीश विश्वनाथ सोमद्दर थिए भने विशिष्ट अतिथिहरूमा उच्च अदालतका न्यायाधीशहरू न्यायाधीश श्रीमती मीनाक्षी मदन राई र न्यायाधीश भास्कर राज प्रधान उपस्थित थिए। अतिथिहरूमा भवन र आवास तथा श्रम विभागका मन्त्री भीम हाङ्ग लिम्बू, वन तथा पर्यावरण, खानी तथा भूविज्ञान र विज्ञान तथा प्रविधि विभागका मन्त्री एवं क्षेत्रीय विधायक (जोंगु) पिन्त्सो नाम्ग्याल लेप्चा र कानून, विधान तथा संसदीय मामिला विभाग, शिक्षा विभाग र खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत उपस्थित थिए।

यसका साथै कार्यक्रममा सिक्किम उच्च अदालतका पूर्व न्यायाधीश र हाल सिक्किम पुलिस एकाउन्टबिलिटी कमिशनका अध्यक्ष सोनाम पिन्त्सो वाङ्दी, जिल्ला अध्यक्ष कादो लेप्चा, मंगन र गान्तोकका न्यायिक अधिकारीहरू, मंगनका जिल्ला अधिकारी अनन्त जैन, मंगनका पुलिस अधीक्षक सोनाम डेचु भुटिया र विभिन्न विभागीय प्रमुखहरू (डीएसी मंगन) उपस्थित थिए।

मुख्य अतिथि न्यायाधीश विश्वनाथ सोमद्दरले आफ्नो सम्बोधनमा परियोजना सफलतापूर्वक सम्पन्न गर्न संलग्न सबैलाई, जसमध्ये इन्जिनियरहरू, मजदुरहरू, वास्तुकारहरू, र भवन तथा आवास विभागका अधिकारीहरूलाई धन्यवाद साथै बधाई जनाए। उनले पूर्वाधारको महत्त्वमा जोड दिँदै न्यायपालिकाको दायित्वलाई जनताको ढोका ढोकामा छिटो न्याय पुर्याउने पर्ने कुरालाई स्पष्ट पारेl ‘ढिलो न्याय भनेको न्याय अस्वीकार हो’ भन्दै उनले उद्धृत गरे। उनले सिक्किमको न्यायिक प्रणालीप्रति आफ्नो विश्वासलाई पनि पुन: पुष्टि गर्दै उपलब्ध सुविधाहरूको पूर्ण रूपमा प्रयोग गर्नुपर्ने र न्यायपालिकालाई तत्काल ध्यान दिनुपर्ने मुद्दाहरूलाई प्राथमिकतामा राखेर छिटो समाधान गर्न सुझाव राखे। आफ्नो सम्बोधनमा उनले उहाँले न्यायिक अधिकारीहरूलाई त्यस्ता मापदण्डहरू कायम राख्न प्रोत्साहित गरे, जसले समाजलाई तिनीहरूप्रति गर्व महसुस गराउँछ।

मंगन जिल्ला अदालतका जिल्ला तथा सत्र न्यायाधीश सुबर्ण राईले स्वागत सम्बोधन गर्दै नयाँ एनेक्स कोर्ट बिल्डिङ विशेष गरी कमजोर साक्षीहरू र फास्ट ट्र्याक तथा फ्यामिली कोर्टका मुद्दाहरूलाई सम्बोधन गर्न डिजाइन गरिएको जानकारी दिइन्। उनले भनिन् कि मंगन जिल्लामा विशेष रूपमा तोकिएको कमजोर साक्षी बयान कक्ष हुनेछ, जसले कमजोर साक्षीहरूले भोगिरहेको तनाव कम गर्न ठूलो सहयोग गर्नेछ। रोजगार सृजना गर्नुका साथै यसले कानून व्यवसायका युवा उदयमान सदस्यहरूलाई फस्टाउन मद्दत गर्नेछ।

प्रिन्सिपल चीफ इन्जिनियर वाई एन गौतमले ‘मंगनमा एडिसनल कोर्ट बिल्डिङ र भल्नारेबल विट्नेस दिपोजिसन सेन्टर निर्माण’ परियोजनाको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्दै नवनिर्मित जी+३ आरसीसी फ्रेम संरचनाले १०,९४४ वर्ग फिट क्षेत्रफल ओगटेको जानकारी दिए। त्यसपछि एनेक्स कोर्ट बिल्डिङको उद्घाटन कार्यक्रम सम्पन्न भयो। न्यायाधीश विश्वनाथ सोमद्दरले सबै अतिथिहरू र सहभागीहरूको उपस्थितिमा एनेक्स भवनको उद्घाटन गरे। नयाँ सुविधाको संक्षिप्त अवलोकन गरिएको थियो। भवनमा तीनवटा अदालत कक्ष, एउटा वकिलको हल र कमजोर साक्षीहरूका लागि छुट्टै खण्ड रहेको छ।

कार्यक्रमको समापन मंगनकी सिभिल न्यायाधीश-सह-न्यायिक मजिस्ट्रेट सुश्री रोहिनी राईद्वारा धन्यवाद ज्ञापनका साथ सम्पन्न भयो। उनले सबै विशिष्ट व्यक्तिहरू, अतिथिहरू र स्थानीय समुदायप्रति उनीहरूको समर्थनका लागि कृतज्ञता व्यक्त गरिन्। यो नयाँ एनेक्सले जिल्लाको न्यायिक संरचनामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ, जसले क्षेत्रको कानुनी आवश्यकताहरू पूरा गर्न आधुनिक सुविधाहरू उपलब्ध गराउनेछ। यसअघि रङ्गोङ युथ क्लब फोडोङका सिङ्गी नर्तकहरू र नर्थ स्टार एकेडेमीको स्कूल ब्यान्डले आफ्ना प्रस्तुतीहरू मार्फत अतिथिहरूलाई कार्यक्रममा स्वागत गरे। -आईपीआर 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement