सिलगढी: दीनबन्धु मञ्चमा २०२१-२०२२ को बाङ्ग्ला तथा अङ्ग्रेजी माध्यमका मेधावी विद्यार्थीहरूलाई आज सिलगढी नगरनिगमको पहलमा संवर्द्धना जनाइयो। यस कार्यक्रममा मेयर गौतम देव तथा डेपुटी मेयर रञ्जन सरकार लगायत अन्य शीर्ष व्यक्तिहरूको विशेष उपस्थित रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गौतम देवले भने, यी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ अघि बढ़नमा कुनै प्रकारको बाधाको सामना गर्ने परे सिलगढी नगरनिगमले हर सम्भव सहयोग गर्ने विद्यार्थीहरूलाई आश्वासन दिए। विद्यार्थीहरूलाई पढ़ाई सँगसँगै खेलकूद तथा सामाजिक गतिविधिमा आफूलाई समर्पित गर्ने तिनले अपील गरे।