विराटनगर: मोरङकी एक महिला तीन वर्षीय छोरीसहित बेपत्ता भएकी छन्। मोरङको सुनबर्सी नगरपालिका-४ घर भएकी कृष्टि राजवंशी अक्टूबर २०देखि बेपता हुन्।
श्रीमान अमितकुमार दासले विराटनगरमा पत्रकार सम्मेलन गर्दै गरी खोजी गरिदिन आग्रह गरे। बेपत्ता श्रीमतीलाई खोजी गरिरहेका उनले श्रीमतीलाई भेट्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने बताए।
उनका अनुसार अक्टूबर २० माइती बेलबारी नगरपालिका– ८ बलुवाहीबाट श्रीमानको घर आउनेक्रममा बेपत्ता भएकी हुन्।श्रीमती हराएपछि उनले अक्टूबर २२ मा तइलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी गरेका थिए। तर प्रहरीले पनि श्रीमतीको खोजी नगरेको उनकाे गुनासो छ।
उनका अनुसार विराटनगर आसपासमा आफन्तले देखेको खबर आएपछि खोजी गरेका थिए। तर अमितले श्रीमती र छोरीलाई भेटेनन्।