खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष अञ्जुल चौहानले आज पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए सभाको अध्यक्षता अनि आफुमा रहेको दायित्व अवश्यै पूरा गर्ने बताएका छन्। उनले आगामी सेप्टेम्बर महिनामा पहिलो जीटीए सभा हुने बताए। उनी जिटिए सभा अध्यक्ष संगसंगै नागरी धजे समष्टि सभासद रहेको कारणले पोख्रेबोङ्ग चामोङ्ग समष्टिका सभासद नोवल बम्जनसित मिलेर दुवै समष्टिको सर्वाङ्गीन विकासको निम्ति अघि बड्ने बताए। वर्तमानमा बन्द अवस्थामा रहेको बन्सल कम्पनी अधीनस्थ पहाडका दशवटा चियाबारीका श्रमिकहरुको दर्द अनि दु:खको निम्ति कुनै हालतले पनि मलमपट्टि बनिदिने बताए भने उनले मालिकवर्गलाई दोष्याउदै मालिकवर्गले पनि गति देखाएको कुरा बताए। मालिकवर्गले चियाबारी नछोडि दिए लिज क्यान्सलतिर अघि बड्ने उनले बताए। बन्सल कम्पनीबाहेक अन्य चियाबारीहरू जस्तै समरीकपानी चियाबारी अनि अन्य चियाबारीहरुलाई ध्यानमा राखिरहेको उनले बताएका छन्।