खरसाङकी दुईजना गृहणीहरू सरस्वती थापा र सरिता तामाङ बनिन् मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको दोस्रो उप विजेता

IMG-20241023-WA0171

खरसाङ: खरसाङकी दुईजना महिला स्पार्क मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको दोस्रो उप विजेता बनेकी छन्। आसामको गुवाहाटीमा भएको स्पार्क मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको ग्राण्ड फिनालेमा खरसाङको सिटोङ तीन निवासी हाल खरसाङको डुमाराम बस्ती निवासी सरस्वती थापा र खरसाङकै शेर्पा बस्ती निवासी सरिता तामाङ दोस्रो उप विजेता बनेका छन्। दुवैले आज खरसाङमा एक पत्रकार भेला बोलाएर उक्त जानकारी दिएका छन्। दुवैले बताए अनुसार आसामको गुवाहाटीमा गत १७ अक्टोबरदेखि १९ अक्टोबरसम्म भएको मिसेस नर्थ ईस्ट ईण्डिया सिजन सातको ३५ वर्षमाथिका बी वर्गमा भाग लिएर आफुहरू दोस्रो उप विजेता बन्न सफल भएको जानकारी गराएका छन्। उक्त स्पार्क नर्थ ईष्ट ईण्डिया सिजन सातको आयोजना स्पा द अन लिमिटेड फायरले आयोजना गरेका थिए जसमा दुईजनाले भाग लिएर २१ अक्टोबरको दिन खरसाङ फर्किएको जानकारी गराएका छन्। दुवैले यो सफलतामा आफ्नो दुवैपट्टिको परिवारहरू माइत र ससुरालपट्टि, अनु दास लगायत स्पा द अन लिमिटेड फायरको एमडी रिचु मिलर लगायत अन्यहरूलाई धन्यवाद दिएका छन्। सरस्वती थापा पेशाले आँगनवाडी सहायिका हुन् भने सरिता तामाङ स्थानीय प्रडक्टहरूलाई प्रमोशन गरिरहेकी एकजना स्वनिर्मित इन्टरपेनोर हुन्। यसभन्दा अघि पनि दुवैले गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा सम्पन्न गोर्खा सुन्दरीमा भाग लिएका थिए जसमा सरस्वती थापाले बेस्ट ट्रेडिशनल ड्रेसमा पुरस्कार पाएका थिए भने सरिता तामाङले पब्लिक चोटइसमा अवार्ड जितेकी थिइन्। त्यसरी नै दुवैले सिलगढीमा सम्पन्न मिसेस नर्थ ईष्ट ईण्डिया सिजन ५ मा भाग लिन्दै सरस्वती थापा पब्लिक चोइस दोस्रो उप विजेता र बेस्ट ट्रेडिशनल ड्रेसमा अवार्ड जितेका थिए भने सरिता तामाङले बेस्ट भोइस र पब्लिक चोइसको अवार्ड जित्न सफल भएका थिए। यसको साथै सरस्वती थापाले मिसेस बेंगाल एसआर मोडलिङमा पनि सहभागिता जनाएका थिए। यसमा उनले बेस्ट पर्फरमेन्सको अवार्ड पनि जित्न सफल भएकी थिइन्। उनले आफ्नो सफलतामा पति सुरज थापालाई धन्यवाद दिएका छन् किनभने पतिले हरेक समय साथ, सहयोग र प्रेरणा दिने गरेको बताएकी छन्। त्यसरी नै सिटोङको ससुराली पक्ष र आफ्नो माईत गाउँ चिमनी देवराली ग्राम पञ्चायतको मजुवा क्षेत्रलाई पनि सम्झना गरेकी छन्। त्यसरी नै सरिता तामाङले आफ्नो स्वर्गीय पति टिलु तामाङ (अल्बर्ट) सम्झना गरेकी छन्। उनले आफ्नो दुवैपट्टिको परिवार साथै गाउँ समाज र चर्चप्रति हौसला र प्रेरणाको लागि धन्यवाद दिएकी छन्। खरसाङकी दुवैजना महिलाहरू गृहिणी र अन्य महिलाहरूको लागि प्रेरणाको स्रोत बनेकी छन्। जीवनमा गृहिणीहरूले केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरिदिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement