दमक: जग्गाको विषयलाई लिएर साथी-साथी बीचमा भएको सामान्य विवादका कारण दमक ९ निवासी अन्दाजी ३३ वर्षीय देशु निरौलाको हत्या भएको छ। दमक र मधुमल्लाको सिमानामा रहेको मावा खोलामा आफ्नै साथीले हत्या गरेको खुल्न आएको छ। घटना सम्बन्धि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।