नयाँ दिल्ली: लखनऊ सुपर जाइण्ट्स आईपीएलको मेगा लिलामी अघि केएल राहुललाई रिलीज गर्न तयार रहेको छ। यसरी फ्रेञ्चाइजीको रिटेन्शन सूचीमा पेस बलर मयंक यादव, निकोलस पूरन र रवि बिश्नोई सामेल हुनेछन्। आईपीएलको गत ३ वटा सीजनमा राहुलले एलएसजी-को कप्तानी गरेका थिए तर सूत्रबाट थाहालागे अनुसार, टीम म्यानेजमेण्ट उनको स्ट्राईक रेटसँग खुशी छैन। फ्रेञ्चाइजीको सूत्रबाट थाहालागे अनुसार, मेण्टर जहीर खान र मुख्य प्रशिक्षक जस्टिन लेंगरसहित एलएसजी म्यानेजमेण्टले राहुलको आँकड़ाहरूको विश्लेषण गरेको छ। आँकड़मा राहुलले लामो समयसम्म क्रीजमा समय बिताएको अनि रन बनाएको सबै म्याचमा एलएसजी हारको सम्मुखीन भएको छ। यसले उनको स्ट्राईक रेट खेलको गतिसँग मेल नखाने स्पष्ट हुन्छ। आईपीएलमा इम्प्याक्ट प्लेयरको नियमपछि रन बनाउने गति झन् बढ़ेको छ। यसैकारण टीम यस्ता एकजना व्यक्तिलाई शीर्ष क्रममा लामो समय बिताउन दिएर जोखिम लिन चाहँदैन।
एलएसजी-ले लिलामीमा राहुलको निम्ति बोली लगाउने सम्भावनालाई पनि अस्वीकार गरेको छैन। यसबारे फ्रेञ्चाइजीले लिलामीकै दिन अन्तिम फसेला लिनेछ। यसरी एलएसजी म्यानेजमेण्टले मयंकलाई भविष्यको रूपमा हेरिरहेको छ। यसैकारण रिटेन्शन सूचीमा मयंकको नाम बिश्नोईभन्दा अघि रहे कुनै आश्चर्य हुनेछैन। फ्रेञ्चाइजीका एकजना शीर्ष अधिकारीले भने, मयंक एलएसजी-को खोज हो। टीमले यस खेलाड़ीमाथि त्यस समय निवेश गऱ्यो जब उनलाई कसैले चिन्दैन थिए। यस युवा खेलाड़ीले पनि म्याचमा कसरी प्रभाव छोड़्न सकिन्छ भन्ने देखाएका छन्। एलएसजी अहिले जतिसक्दो पैसा बचाउने कोशिश गरिरहेको छ। यसैकारण फ्रेञ्चाइजीले आयुष बदोनी र देब्रे हातका पेस बलर मोहसिन खानलाई अनक्याप्ड खेलाड़ीको रूपमा रिटेन गर्न सक्छ। यसरी एउटा चाखलाग्दो घटनाक्रममा धेरै फ्रेञ्चाइजीहरू रिषभ पन्तलाई रिटेन गरिनेछ या छैन भन्ने जान्न दिल्ली क्यापिटल्सको रिटेन्शन सूचीको प्रतीक्षा गरिरहेको छ। एलएसजी र पञ्जाब किंग्स जस्ता फ्रेञ्चाइजीहरू पन्तलाई आफ्नो कप्तान पदको उम्मेद्वारको रूपमा राख्न उत्सुक छ। पन्तको निम्ति अन्य केही फ्रेञ्चाइजीले पनि रूची देखाएको छ। उल्लेखनीय छ, दिल्ली क्यापिटल्सका सह-मालिक पार्थ जिन्दलले पन्त उनीरूका शीर्ष रिटेन्शन खेलाड़ी रहने घोषणा गरेका थिए। यसबीच जीआरएम समूहको साथ सञ्चालनमा ठूलो फेरबदलपछि टीमले सूचीको घोषणा गर्नमा समय लिइरहेको छ।