वेलिंगटन: श्रीलंकाविरुद्ध २ वटा टी२० इण्टरनेशनल र ३ वटा वनडे इण्टरनेशनल म्याचको निम्ति न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्नो टीम घोषणा गऱ्यो। युवा खेलाड़ीहरूले सुसज्जित टीमको कप्तानी फेरि एकपल्ट मिचेल सेण्टनरले गर्नेछन्। न्यूजील्याण्ड केही दिन अघि श्रीलंका यात्रामा टेस्ट सीरीजमा ०-२-ले पराजित भएको थियो। टेस्ट टीममा रहने टम लाथम, केन विलियम्सन, रचिन रविन्द्र, डेरिल मिचेल र डेवोन कनवेलाई आउँदो २ वटा सीरीजको निम्ति टीममा सामेल गरिएको छैन। ईंग्ल्याण्डविरुद्ध आउँदो सीरीजको निम्ति न्यूजील्याण्ड क्रिकेट बोर्डले सीनियर खेलाड़ीहरूलाई विश्राम दिने फसेला गरेको छ। विलियम्सन कम्मरको चोटले गर्दा भारतविरुद्ध जारी टेस्ट सीरीजको पहिलो २ वटा म्याचबाट बाहिर भएका छन्। उनी चाँड़ै मैदानमा फर्किने तयारीमा रहेका छन्। विलियम्सनले यस साल टी२० वर्ल्ड कपपछि कप्तानी छोड़ेका थिए कारण उनले न्यूजील्याण्ड क्रिकेटको केन्द्रीय अनुबन्धबाट बाहिर रहने विकल्प चयन गरेका थिए। यसपाली श्रीलंकाविरुद्ध २ वटा सीरीजको निम्ति चयनकर्ताहरूले वेलिंगटनका अलराउण्डर नाथन स्मिथ र केण्टरबरीका विकेटकीपर मिच हे-लाई टीममा स्थान दिएका छन्। २६ वर्षीय स्मिथ २०२३-२४ सीजनको निम्ति न्यूजील्याण्डको सालका सर्वश्रेष्ठ घरेलु खेलाड़ी रहेका थिए। उनले ४६ वटा लिस्ट ए म्याचमा ५५ विकेट लिनको साथै ८७२ रन बनाएका छन्। यसरी टीममा एकमात्र विशेषज्ञ विकेटकीपरको रूपमा सामेल हे-ले पदार्पण गर्ने तय छ। हे-ले २० वटा लिस्ट ए म्याच खेलेर ४१० रन बनाएका छन्। यसबाहेक हेनरी निकोल्स दिसम्बर २०२३ पछि आफ्नो पहिलो इण्टरनेशनल म्याच खेल्ने दौड़मा छन्। न्यूजील्याण्ड र श्रीलंकाबीच पहिलो टी२० म्याच ९ नोभेम्बरमा खेलिनेछ। यसरी वनडे सीरीज १३ नोभेम्बरदेखि शुरु हुनेछ।
श्रीलंका यात्राको निम्ति न्यूजील्याण्डको टीमः
मिचेल सेण्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क चापम्यान, जोश क्लार्सन, जेकब डफी, लौकी फर्ग्यूसन, ज्याक फक्स, डीन फक्सक्राफ्ट, मिच हे (विकेटकीपर), हेनरी निकोल्स, ग्लेन फिलिप्स, टिम रबिन्सन, नाथन स्मिथ, ईश सोढ़ी, विल यंग।









