जोहोर बाहरू (मलेशिया): तीनपल्टको च्याम्पियन भारतले यहाँ सुल्तान जोहोर कप जूनियर पुरुष हकी टुर्नामेण्टको म्याचमा आयोजक मलेशियालाई ४-२-ले पराजित गरी आफ्नो अजेय अभियान जारी राख्यो। यस जीतपछि शीर्ष स्थानमा रहने भारतको ३ वटा म्याचमा ९ पोइण्ट्स पुग्यो। न्यूजील्याण्ड ४ पोइण्ट्सको साथ दोस्रो अनि अष्ट्रेलिया ४ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। म्याचमा भारतको निम्ति शारदा नन्द तिवारीले ११औं, अर्शदीप सिंहले १३औें, तालेम प्रियव्रतले ३९औं र रोहितले ४०औं मिनटमा गोल गरे। यसरी मलेशियाबाट मुहम्मद दानिश अइमानले आठौं र हेरिस उस्मानले नवौं मिनटमा गोल गरे। आयोजक टीमले म्याचमा विध्वंशी शुरुवात गऱ्यो। मलेशियाई टीम नवौं मिनटसम्म २-०-ले अघि रहेको थियो। यसरी केवल १ मिनटको अन्तरमा २ गोल खाने भारतीय टीमले पछिबाट एकजुट भएर खेल्दै मलेशियाको चुनौतीलाई पार गऱ्यो। ड्र्याग फ्लिकर शारदा नन्द तिवारीले ११औं मिनटमा पहिलो गोल दिलाएपछि भारतले पछि फर्किएर हेरेन अनि म्याच जित्यो।