समीक्षा बैठकमा पीडब्ल्यूडी मन्त्री नर बहादुर दाहाल सहभागी बने

n6361226701729624947029bf651d939acafb49e70922110229c048c82aa0d156c44668282289838074a593

गान्तोक:: सिक्किम सरकारको पीडब्ल्यूडी मन्त्री नर बहादुर दाहाल नयॉं दिल्लीमा आयोजित राष्ट्रिय राजमार्ग परियोजनाहरूको निम्ति समीक्षा बैठकमा सहभागी बने। उक्त बैठक एनएचआईडीसीएलले उत्तर पूर्वी क्षेत्रमा कार्यान्वयन गरेका परियोजनाहरूलाई लिएर आयोजना गरेको थियो।बैठकमा राज्यको पूर्वाधार विकासलाई जोड दिँदै सिक्किममा २६० किलोमिटर लामो १८ परियोजनाहरूको मूल्याङ्कन गर्‍यो।
मन्त्री दाहालले केन्द्रिय मन्त्री नितिन गडकरीको दूरदर्शी नेतृत्व र सिक्किममा पूर्वाधारहरूको उन्नयनका लागि एनएचआईडीसीएलका प्रयासहरूको सराहना गरे। उनले परियोजनाहरू समयमा पूरा गर्नका लागि राज्य प्रशासन र एनएचआईडीसीएलबीच सहज सहयोगको सुविधा सुनिश्चित गर्ने आश्वासन दिए।बैठकमा राज्य प्रशासन, एई, ईपीसी ठेकादार लगायत मुख्य सरोकारवालाहरूलाई एक मञ्चमा ल्याएर परियोजनाहरूको प्रगति मूल्याङ्कन गर्ने र लम्बित मुद्दाहरूलाई सम्बोधन गर्न पहल गरिएको थियो। बैठक चुनौतीहरूलाई पार गर्दै महत्त्वपूर्ण परियोजनाहरू समयमा पूरा गर्न केन्द्रित रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement