नाओमी ओसाकाको हंगकंग ओपनबाट हट्न फसेला

IMG-20241022-WA0285

हंगकंग: जापानकी चारपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन महिला टेनिस खेलाड़ी नाओमी ओसाकाले चोटले गर्दा हंगकंग ओपनबाट हट्ने फसेला गरेकी छन्। हंगकंग चीन टेनिस संघ (एचकेसीटीए) – ले सोमवार जारी बयानमा पूर्व नम्बर एक खेलाड़ी ओसाकाले टुर्नामेण्टमा हिस्सा नलिने जानकारी दियो। ओसाकाले टुर्नामेण्टमा हिस्सा नलिए पनि आयोजनको अवधि हंगकंग टेनिस प्रशंसकहरूसँग भेट गर्न सहित अन्य गतिविधिहरूमा हिस्सा लिनेछिन्। ओसाकाले भनेकी छन्, म प्रूडेन्शियल हंगकंग ओपन टेनिस र यस सीजनका रहल टुर्नामेण्टहरूबाट हट्न वाध्य भएकी छु अनि यसको निम्ति वास्तवमा खेद छ। चोटले गर्दा म कोर्टमा ओर्लिन असमर्थ छु। मलाई यस टुर्नामेण्टमा खेल्नु मन पर्छ। यसपाली खेल्न असमर्थ भए पनि म हंगकंगका प्रशंसकहरूलाई टुनीमेण्टको अवधि हुने अन्य कार्यक्रमहरूमा हिस्सा लिने आश्वस्त गर्न चाहन्छु। म आफ्ना प्रशंसकहरूसँग भेट गर्न उत्सुक छु। म चाँड़ै त्यहाँ आउनेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement