गान्तोक: क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज एसकेएम पार्टीको पञ्चायत प्रकोष्ठका प्रतिनिधिहरूले एसकेएमका उम्मेदवारहरू सतिशचन्द्र राई (नाम्ची सिङ्गीथाङ) र आदित्य गोले (सोरेङ चाखुङ) को निवासमा पुगेर आगामी उप-निर्वाचनको लागि आफ्नो पक्षबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
यस अघि आज नै पञ्चायत प्रकोष्ठका प्रतिनिधिहरूले उप निर्वाचनको तयारीको बारेमा छलफल गर्न र मार्गदर्शन लिन मन्त्री भोजराज राईको निवासमा पुगी भेट गरेका थिए। यस भेटघाटको क्रममा विधायक तथा पञ्चायत प्रकोष्ठकी उपाध्याक्ष प्रभारी कला राई लगायत पञ्चायत प्रकोष्ठका अन्य पदाधिकारीहरू सहभागी थिए।