गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज लाचेन जुम्साका पिपन कुञ्जाङ छोपेल लाचेनपा र अन्य सदस्यहरूले शिष्टाचार भेट गरे। यस भेटकाे मुख्य उद्देश्य राज्यपालकाे लाचेन भ्रमण अवधि लाचेन जुम्साकाे विकास हेतु सहयाेग राशिकाे घाेषणा गरिएकाे थिथाे।आज राजभवनमा राज्यपालओ पिपनलाई सहयाेग राशि प्रदान गरे।यस सामुदायिक सहयाेगका लागि लाचेन जुम्साका पिपन र सदस्यहरूले राज्यपालप्रति आभार व्यक्त गरेकाे राजभवनद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।