गान्तोक: पाकिम जिल्ला अन्तर्गत आरडीडीको सामुदायिक भवनमा प्रधानमन्त्री फसल विमा योजना अन्तर्गत “मेरी पोलिसी मेरे हात” योजनामाथि एक सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता जिल्लापाल रोहन आगवानेले गरेका थिए भने सो कार्यक्रमको आयोजना पाकिम जिल्लाको कृषि विभाग र फ्युचर जेनरली इन्स्युरेन्स कम्पनी,कमन सर्विस सेन्टर, वागवाणी विभाग र एग्रीकल्चरल टेक्नोलजी मेनेजमेन्ट एजेन्सी (आत्मा)को सहयोगमा आयोजना गरिएको हो। मेरी पोलिसी मेरे हात योजना विशेष गरेर कृषकहरूलाई खेतीप्रति सचेतना साथै फसल विमाको निम्ति सचेत गराउने उद्देश्यले शुरू गरेको हो। यसको विमा गरेपछि कृषकहरूले उनीहरूद्वारा गरिएको बिमा नीतिको मुद्रित प्रतिलिपिहरू, कभरेज, प्रिमियम र दाबीहरू विवरणहरू प्राप्त गर्न सुनिश्चित गर्दछ। यस पहलले किसानहरूलाई नामांकन, नवीकरण र दावी प्रक्रियाहरूमा शिक्षित गर्दछ, प्राकृतिक प्रकोप, कीरा र रोगहरू विरुद्ध बाली जोगाउन व्यापकरूपमा सहयोग पुऱ्याउनको साथै विमा गर्नमा प्रोत्साहित गर्दछ।
जिल्लापालले आफ्नो सम्बोधनमा प्रधानमन्त्री फसल विमा योजना अन्तर्गत ‘मेरी नीति मेरी हात’ पहलको सफलता सुनिश्चित गर्न कृषि तथा बागवानी विभाग, फ्युचर जेनरली इन्स्योरेन्स कम्पनी र सीएससी बीचको सहकार्यको महत्त्वमाथि प्रकाश पारे।
उनले थप कृषकलाई फसल विमा योजनाको निम्ति कृषकहरूको संख्यामा वृद्धि गर्न विभागका अधिकारीहरूलाई आग्रह गरे।
उनले सीएससीलाई विभाग र बीमा कम्पनी दुवैसँग समन्वय गरी काम गर्न निर्देशन दिँदै किसानहरूलाई नामांकन, नवीकरण र यस प्रक्रियालाई सुव्यवस्थित बनाउन सुझाउ दिए। यसै क्रममा कृषि एवम वागवाणी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटियाले सीएससी र बिमा कम्पनीलाई यसको निम्ति सक्रियरूपमा सहभागी हुन आग्रह गरे। उनले यस योजनाबारेमा किसानलाई सचेत गराउन व्यापक सचेतना कार्यक्रम सञ्चालन गर्न सम्वन्धित निकायकका अधिकारीहरूलाई निर्देश दिए। यस योजनाको निम्ति ब्लक स्तर जागरूकता गतिविधिहरूको लागि मितिहरू घोषणा गरे र योजनाको लाभबारेमा किसानहरू बीच अधिकतम सहभागिता र समझ सुनिश्चित गर्न संयुक्त प्रयास गर्न आह्वान गरे।