गान्तोक: राज्यका पूर्व पुलिस महानिदेशक पीसी शर्माको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले दुःख व्यक्त गरेका छन्। सिक्किम राज्यमा पनि पुलिस महानिदेशक रहिसकेका आसम क्याडर आइपीएस अधिकारी शर्मा पछि सेन्ट्रल ब्यूरो अफ् इन्भेस्टिगेशन (सीबीआइ) का प्रमुख बनेका थिए। उनी सीबीआइ प्रमुख हुँदा नै मुम्बई ब्लास्टका आरोपी अबु सलेमलाई भारत प्रत्यार्पण गरिएको थियो। यसको साथै उनको नेतृत्वमा सीबीआइले धेरैवटा धेरैवटा हाइप्रोफाइल मामिलाहरू सुल्झाएको थियो।
आज 82 वर्षको उमेरमा पूर्व आइपीएस अधिकारी पीसी शर्माको मृत्यु भयो। उनको मृत्युमा दुःख व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमा शोक संवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले मृतात्माको चीर शान्तिको कामना गरेका छन्।