पोषण योजना अन्तर्गत दिवसीय प्रशिक्षण कार्यक्रम

IMG-20241022-WA0286

सोरेङ: प्रधानमन्त्री पोषण सेल, जिल्ला शिक्षा कार्यालय सोरेङको पहलमा पोषण योजना अन्तर्गत खाना बनाउने (कुक) र सहयोगीलाई लाई एक दिवसीय प्रशिक्षण एवं अभिमुखी कार्यक्रम सोरेङ जिल्लाको माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो। यस प्रशिक्षण कार्यक्रममा सोरेङ जिल्लाका सीइओ एलडी शर्मा, उप निर्देशक इटचिङ सुब्बा लगायत शिक्षा र स्वास्थ्य विभागका अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उप निर्देशक इटचिङ सुब्बाले यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे प्रकाश पारे। विशेष गरेर सुब्बाले मिड-डे मील/पीएम पोषण योजना मार्फत उपलब्ध गराइने स्वस्थ, स्वच्छ र पोषणयुक्त खानाको महत्त्वमा केन्द्रित रहेको अवगत गराए। सोही प्रकारले संयोजक सुवास गुरूङले खाना पकाउने, टिकाउने र खाद्यान्न भण्डारणको सावधानीपूर्वक प्रयोग गर्ने तालिमका मुख्य विषयहरूबारे जानकारी गराए। यसरी न एसिका लिम्बूले स्वच्छता राख्ने र कायम राख्ने, सफा पानी प्रयोग गर्ने, र सावधानीपूर्वक काम गर्ने जस्ता बुँदाहरूमाथि प्रकाश पारिन्। मास्टर ट्रेनर श्रीमती भीमु लिम्बूले सरसफाई कायम राख्न टोपी र उचित उपकरणको प्रयोग र सब्जी काट्ने र धुने कार्यको प्रदर्शनी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement