क्षेत्रीय आयुर्वेदिक संस्थानले जारी गऱ्यो सय दिनको रिपोर्ट

IMG-20241022-WA0282

गान्तोक: तादोङको क्षेत्रीय आयुर्वेद अनुसन्धान प्रतिष्ठानले बितेको सय दिनमा संस्थानले गरेका उल्लेखनीय उपलब्धिहरू प्रस्तुत गरेको छ। संस्थानका प्रभारी अधिकारी डा. अचिन्त्य मित्राले सिक्किममा आयुर्वेद र बृहत् आयुष इकोसिस्टममा स्वास्थ्य सेवामा गरेको योगदानबारे जानकारी गराए। आफ्नो सम्बोधनमा, डा. मित्राले जेरियाट्रिक केयर कार्यक्रमअन्तर्गत ओपीडीमार्फत ५३९ वृद्ध बिरामीहरूको उपचार गरेर आफ्नो लक्ष्य पार गरेको बताए। संस्थानले सीमान्तकृत समुदायहरूमा आयुर्वेदमा आधारित स्वास्थ्य सेवा विस्तार गर्न, कार्यक्रम चलाउँदै अआएको जानकारी गराए। जीबी पन्त राष्ट्रिय हिमालयन पर्यावरण संस्थानसँगको सहकार्य, औषधीय वनस्पतिका लागि कृषि-प्रविधिहरूमा ध्यान केन्द्रित गर्ने काम भइरहेको उल्लेख गर्दै उनले यस पहलले हिमालय क्षेत्रमा दिगो खेती गर्ने अभ्यासलाई बढावा दिएर स्थानीय किसानहरूलाई फाइदा पुऱ्याएको जनाए। उनले पश्चिम बंगालमा मेडिको-एथनो बोटानिकल सर्वेक्षण सञ्चालन गरेको र हाल १० सक्रिय अनुसन्धान परियोजनाहरूले काम गरिरहेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement