कमनवेल्थ गेम्सबाट हकीलाई हटाइँदा निराश हरमनप्रीत सिंह

IMG-20241022-WA0278

नयाँ दिल्ली: ग्लास्गो कमनवेल्थ गेम्स २०२६ बाट हकी खेललाई हटाउनुलाई दुर्भाग्यजनक बताउँदै भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंहले कमनवेल्थ गेम्समा स्वर्ण पदक जित्ने उनको टीमको लक्ष्य थियो भनी बताए। कमनवेल्थ गेम्स २०२६-को आयोजक शहर ग्लास्गोले हकी, ब्याडमिण्टन, कुश्ती, क्रिकेट र शूटिंग जस्ता प्रमुख खेलहरूलाई यी खेलहरूका कार्यक्रमबाट हटाउँदा भारतको पदक जित्ने सम्भावनाहरूलाई ठूलो झट्का लाग्यो। ग्लास्गोमा केवल दशवटा खेलहरूलाई स्थान दिएको छ। लागतलाई कम्ती गर्न टेबल टेनिस, स्क्वाश र ट्रायथलनलाई पनि हटाइएको छ। जर्मनीविरुद्ध यहाँ मेजर ध्यानचन्द नेशनल स्टेडियममा २३ र २४ अक्टोबरमा हुने टेस्ट म्याचहरू अघि हरमनप्रीतसँग यसबारे प्रश्न गरिँदा उनले भने, यस्तो फसेला लिइएको मलाई भर्खरै थाहा लाग्यो। यो असल टुर्नामेण्ट थियो। हाम्रो लक्ष्य यसपाली स्वर्ण पदक जित्ने रहेको थियो। यस फसेलाले हामी निराश छौं। भारतीय टीम २०२२-मा बर्मिंघम कमनवेल्थ गेम्सको फाइनलमा अष्ट्रेलियाविरुद्ध ०-७-ले पराजित भएको थियो। यसरी २०१८ को गोल्ड कोस्ट खेलहरूमा ईंग्ल्याण्डविरुद्ध १- २-ले पराजित भएर चौथो स्थानमा रहेको थियो। भारतीय पुरुष हकी टीमले कमनवेल्थ गेम्समा एकपल्ट पनि स्वर्ण पदक जितेको छैन जबकि महिला टीमले २००२ म्यानचेष्टर खेलहरूमा स्वर्ण पदक जितेको थियो। पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने टीमका कप्तान हरमनप्रीतले भने, मामिला हाम्रो हातमा छैन। यसैकारण यसबारे सोचेर कुनै फाइदा हुनेछैन। अहिले हामीले जर्मनी जस्तो मजबूत टीमविरुद्ध खेल्नु पर्नेछ अनि हामी त्यसैमा ध्यान दिन चाहन्छौं। यसबारे अधिक जानकारी राष्ट्रिय महासंघले नै दिन सक्नेछ। जे भए पनि यो फसेला दुर्भाग्यपूर्ण हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement