नयाँ दिल्ली: ओलम्पिक पदक विजेता साक्षी मलिकले एशियन गेम्सको निम्टि ट्रायलबाट छूट लिने विनेश फोगाट र बजरंग पूनियाको फसेलाले गर्दा बृजभूषण शरण सिंहविरुद्ध उनीहरूका विरोध-प्रदर्शन कमजोर भएको दावी गरेकी थिइन्। यसबीच स्टार पहलवान तथा कंग्रेस विधायक विनेश फोगाटले साक्षीको कुराहरूमा असहमति व्यक्त गरेकी छन्। ओलम्पिक काँस्य पदक विजेता साक्षीले आफ्नो आत्मकथा विटनेस-मा विनेश र बजरंगको फसेलाले गर्दा डब्ल्यूएफआई-का पूर्व अध्यक्षविरुद्ध उनीरूका आन्दोलन स्वार्थपूर्ण लागेको दावी गरेकी छन्। यसबारे विनेशले भनिन्, यो उनको निजी विचार हो। म यस कुरासँग सहमत छुइनँ। म कमजोर नभइञ्जेल लड़ाइँ कमजोर हुनेछैन। यो मेरो सोच हो। साक्षी, विनेश र बजरंग जिउँदो भइञ्जेल यो लड़ाइँ कमजोर हुन सक्नेछैन। जित्ने सोच लिएर अघि बढ़्नेहरू कमजोर हुनु हुँदैन। उनीहरूले मैदानमा डटेर लड़ाइँ गर्छन्। यसको निम्ति कठोर हुनु पर्छ अनि चुनौतीहरूको सामना गर्नु पर्छ। हामी लड़ाइँको निम्ति तयार छौं।
साक्षीले किताबमा बजरंग र विनेशका नजिकका मानिसहरूले उनीहरूका दिमागमा लोभ भर्न शुरु गरेपछि उनीहरूका विरोध प्रदर्शनमा फाटो आएको थियो। यी तीनजना दिग्गज पहलवानले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व प्रमुख बृजभूषणमाथि आफ्नो कार्यकालको अवधि महिला पहलवानहरूसँग यौन उत्पीड़नको आरोप लगाएका थिए अनि मामिला अहिले पनि दिल्लीको अदालतमा चलिरहेको छ। डब्ल्यूएफआई-को निलम्बनपछि तदर्थ समितिले कुश्तीको कामकाज हेर्न शुरु गरेको थियो अनि त्यही समितिले बजरंग र विनेशलाई २०२३ एशियन गेम्सको निम्ति ट्रायल्सबाट छूट दिएको थियो तर साक्षीले चाहिँ आफ्ना साथीहरूका सुझाउपछि पनि यस्तो नगर्ने फसेला गरेकी थिइन्। अन्तमा साक्षीले एशियन गेम्समा हिस्सा लिन सकिनन् तर विनेशलाई खेलहरू अघि चोट लाग्यो अनि बजरंगले चाहिँ पदक जितेका थिए।