नाम्ची: ११ नाम्ची-सिङ्गिथाङ्ग क्षेत्रको उपनिर्वाचनका लागि प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मशिन (ईभीएम)हरू नाम्ची सिनियर सेकेण्डरी स्कूलमा रहेको स्ट्रङ्ग रुममा सुरक्षित रूपमा सारियो। यो प्रक्रिया मेसिनहरूलाई निष्पक्ष रूपमा चयन गर्न र व्यवस्थापन गर्न गरियो। सबै ईभीएमहरूलाई नाम्चीका डीसी/डीईओ सुश्री अनुपा ताम्लिङ, वरिष्ठ पुलिस अधीक्षक डा टी एन ग्यात्सो, एडीसी मुख्यालय/एआरओ सुवास घिमिरे, एसडीएम मुख्यालय निम पिन्त्सो भुटिया, एसडीएम नाम्ची सरन डी कालिकोटे र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सुरक्षित रूपमा स्ट्रङ्ग रूममा सिल गरियो। सम्पूर्ण प्रक्रिया निर्वाचनको मापदण्ड अनुसार कडाइका साथ पालन गरियो। स्ट्रङ्ग रुमलाई चौबिसै घण्टा सशस्त्र पुलिस कर्मचारीहरूले सुरक्षा दिनेछन्। -आईपीआर