मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा युनाइटेड ब्रदर्सले सेमिफाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा मंगलवार भएको म्याचमा कालेबुङको युनाइटेड ब्रदर्सले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ७-६-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। युनाइटेड ब्रदर्सका गोलकीपर बिक्की शिलाललाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।