कोलकाता: स्कूल सेवा आयोग (एसएससी) को माध्यमले शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआई सोधपुछको सामना गरिरहेका पूर्व अध्यक्ष सुबिरेश भट्टाचार्य बिहीबार कोलकाता पुगेका छन्। यहाँ दमदम हवाईअड्डामा मीडियासित कुराकानीमा उनले भने, ‘मेरो समयमा कुनै भ्रष्टाचार भएको छैनl’ उनको बांसद्रोनी स्थित आवासमा बुधबार मात्र सीबीआईको टीम पुगेको थियो औं त्यसलाई सिल गरेको थियो। वर्तमानमा उत्तर बंगाल विश्वविद्यालयका कुलपति भट्टाचार्यसित बुधवार सीबीआईले ९ घण्टासम्म सोधपुछ गरेको थियो। त्यसपछि जब उनी कोलकाता पुगेका छन्, उनी कहाँ जानेछन्, के सीबीआईले उनलाई फेरि बोलाएको छ, यसबारे प्रश्न गर्दा उनले कुनै जवाफ दिएनन्। बिहीबार बागडोगरा एयरपोर्टबाट उनी सीधा कोलकाताको निम्ति उड़ेका थिए। सूत्रहरू अनुसार, सीबीआईले उनलाई एक पल्ट फेरि सोधपुछको निम्ति कोलकाता बोलाएको छ।