सिलगढी: भाजपा महिला मोर्चाले महिलामाथि हुने अत्याचार, हत्या र दुष्कर्मलगायतका विभिन्न मागहरू लिएर सिलगढी पुलिस स्टेशनमा विरोध प्रदर्शन गरेको छ। अहिले सिलगढी शहर असुरक्षित रहेको आरोप लगाएका छन्, अनेकौं असामाजिक गतिविधिहरू लगातार भइरहेका छन्, प्रहरी प्रशासन मौन छ, सिलगढी थानाको सीमाभित्र एक नर्सको असाधारण मृत्यु भएको घटनाहरू भाजपा महिला मोर्चाले उठाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैनl

अर्को तर्फ मृत शिशुको शव दिउँसो सिलगढी जिल्ला अस्पतालबाट गायब भएको समाचार छ। शहरमा महिलामाथि लगातार अत्याचार र हत्या भइरहेको भन्दै सिलगढी जिल्ला संगठन महिला मोर्चाले मंगलबार सिलगढी थानामा पुगेर विरोध कार्यक्रम आयोजना गर्यो। यस दिन भाजपाका महिला कार्यकर्ताहरूले हाश्मिचोकबाट जुलुस निकालेर सिलगढी थाना पुगे र लामो समयदेखि थानाको गेट अगाडि विरोध प्रदर्शन गरे।