खरसाङकी प्रेरणा लामा बनिन् मिसेस नर्थ इस्ट इण्डिया सिजन-७ को विजेता

IMG-20241022-WA0254

खरसाङ: खरसाङकी प्रेरणा लामा मिसेस नर्थ इस्ट इण्डिया सिजन-७ को विजेता बनेकी छन्। सोनादा क्षेत्र अन्तर्गत रहेको रंगबुल आल्लुङ्‌गे डाँडा निवासी प्रेरणा लामा मिसेस नर्थ इस्ट इण्डिया सिजन-७ विजेता बनेकी छन्। खरसाङको मन्टिभियट निवासी कमल लामा अनि विद्या लामाकी छोरी प्रेरणा लामा यस अघि गोर्खा सुन्दरी २०२३ को६ पहिलो रनर अप भएकी हुन्। आफू विवाहित भए तापनि मोडलिङको क्षेत्रमा खूबै मेहनत अनि लगनका साथ लागिरहेको हुँदा नै उनले नर्थ ईष्ट ईण्डिया जस्तो एउटा उच्च स्तरीय तथा महत्वपूर्ण ताज प्राप्त गर्न सफल बनेको दावी गर्छन् उनका परिवारका सदस्यहरू। यद्यपि यस क्षेत्रमा उनलाई लगातार रूपमा उनका पति पवन छेत्री अनि परिवारका सदस्यहरू तथा आफ्ना माइतका बाबा-आमाले पनि धेरै सपोर्ट र सहयोग गरेको प्रेरणाले बताएकी छन्। यस जितको श्रेय पनि उनले आफ्ना दुवै परिवारलाई दिएकी छन्।

उनले यो जीत वास्तवमा नै अविश्वसनीय र अर्थपूर्ण रहेको जनाउँदै उनलाई यस क्षेत्रमा साथ दिने सबैप्रति कृतज्ञता पनि प्रकट गरेकी छन्। प्रेरणाको यस जीतप्रति खुशी व्यक्त गर्दै परिवारका सदस्यहरूले पनि उनलाई बधाई दिएका छन् भने अर्कातिर खरसाङको सन्त पवल पल्लीवासीले पनि हर्ष प्रकट गर्दै बधाई दिएका छन्। एकजना गृहणीको रूपमा नर्थ ईष्ट ईण्डिया सिजन-७ को विजेता बनेर सम्पूर्ण पहाड़लाई नै गौरान्वित बनाएकी छन् भने सम्पूर्ण गृहणीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement