काेलकाता: केन्द्रिय गृहमन्त्री अमित शाहको जन्मदिनमा पश्चिम बंगालका राज्यपाल डा. सी. वी. आनन्द बोसले उनलाई जन्मदिनको शुभकामना दिएका छन्। आफ्नो ट्वीटमा राज्यपालले लेखे, माननीय गृहमन्त्रीअमित शाहजीलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईको नेतृत्व, समर्पण औ दृष्टिकोणले देशलाई प्रेरित गर्दछ अनि सशक्तता प्रदान गर्दछ तपाईको सुस्वास्थ्य, सुख एवं सबै प्रयासहरूमा सफलताको कामना गर्दछु। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी सहित केही शीर्ष नेताहरूले पनि अमित शाहलाई शुभकामना दिए। प्रधानमन्त्रीले आशा व्यक्त गरे, अमित शाहले यसै समर्पण अनि ऊर्जाको साथमा राष्ट्रको सेवा गरिरहुन्। यसको साथै अन्य केन्द्रिय मन्त्री अनि भाजपाका नेताहरूले पनि अमित शाहको लागि शुभकामना व्यक्त गरेका छन्।