माध्यमिक शिक्षा परिषदको यूनियन रूमको ताला तोड्न हाई कोर्टको आदेश  

Kolkata-High-Court-1

कोलकाता: कलकत्ता हाई कोर्टले बिहीबार शिक्षक नियुक्ति भ्रष्टाचारपछि विवादहरूमा घेरिएको माध्यमिक शिक्षा परिषदको यूनियन रूमको ताला तोड्ने आदेश दिएको छ। न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठले विधाननगर पुलिस कमिश्नरलाई आदेश दिँदै माध्यमिक शिक्षा परिषद अफिसको पाँचौं तलामा स्थित यूनियन रूमको ताला तोड़ेर त्यसलाई पहिलेको स्थितिमा ल्याउनलाई भन्यो। गत ५ मईमा माध्यमिक शिक्षा परिषदका केही कर्मचारीहरूमाथि यूनियन रूममा कब्जा गरेको आरोप लागेको थियो।त्यो वेस्ट बंगाल बोर्ड अफ सेकेन्डरी एजुकेशन एम्प्लोइज यूनियनको अफिस हो भनी दाबी गरिएको थियो।

अधिवक्ता सब्यसाची चटर्जीले भने, ‘कर्मचारी समितिको अफिसलाई सत्तारूढ़ पार्टीसित जुड़ेका मानिसहरूले कब्जा गरेका थिए। त्यहाँ कर्मचारी संगठनहरूको निर्वाचित पदाधिकारीहरूलाई बलपूर्वक यूनियन रूमदेखि बाहिर निकालिएको थियो र ताला लगाइएको थियोl’ बिहीबार पुलिसले यस घटनाको रिपोर्ट कोर्टमा पेश गरेको थियो। रिपोर्टमा थाहा लाग्यो, चाबी सुरक्षा अधिकारीहरू कहाँ राखिएको छ। जसले कर्मचारी समिति चलाउँछन्, उनीहरूलाई यस रूममा पस्न दिइरहेको थिएन। केवल सत्तारूढ़ तृणमूल कांग्रेससित सम्बन्धित मानिसहरूलाई नै प्रवेशको अनुमति थियो। यही मामिलामा न्यायमूर्ति राजशेखर मन्थाले तुरन्तै ताला तोड़ेर पुरानो स्थितिमा ल्याउने आदेश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement