काली पूजामा तारा माँको २५ फिटको मूर्ति मुख्य आकर्षण हुने

IMG-20241022-WA0236

सिलगढी: उत्तर बंगालको सिलगढीमा काली पूजाका लागि २५ फिट अग्लो तारा माँ बन्न लागेको छ। सिलगढी नेताजी सुभाष स्पोर्टिङ क्लबको यो पूजा पण्डलले उत्तर बंगालका जनताको ध्यानाकर्षण गर्न गइरहेको छ, मूलतया नेताजी सुभाष स्पोर्टिङ क्लबको ५९औं वर्षमा विशेष आकर्षण भनेको २५ फिट तारा माँ हो। साथै बत्ती र मण्डप सजावटमा पनि विशेष सरप्राइज हुने भएको छ। कुल सात लाखको लागतमा यो पूजा हुन लागेको हो। पूजा अवधिभर विभिन्न सामाजिक पहल र सांस्कृतिक कार्यक्रम गरिने पूजा आयोजकले बताए। साथै, ३० अक्टोबरमा सिलगढीका मेयर गौतम देवले यस पूजाको उद्घाटन गर्नेछन्। दमकलको सहयोगमा मूर्तिलाई सजाइने व्यवसायीले बताए। समग्रमा, उत्तर बंगालमा यो पहिलो पटक हो कि तारा पिठको रेखामा बनेको नेताजी सुभाष स्पोर्टिङ क्लबको काली पूजा उत्तर बंगालका आशावादी उद्यमीहरूले देख्न थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement