गुवाहाटी: स्पेशल टास्क फोर्स (एसटीएफ), असमद्वारा मंगलवार बिहान गरिएको छापामारीमा मादक पदार्थ सहित तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ। एसटीएफको टीमले आज बिहान दिसपुर थाना क्षेत्राधिकार अन्तर्गत लास्ट गेटमा छापा माऱ्यो। यस अवधि मादक पदार्थ सहित एकजना ड्रग्स तस्करलाई होण्डा डीआईओ स्कूटीसितै पक्राउ गरियो। तस्करबाट एउटा साबुनदानीमा राखिेको १५ ग्राम हेरोइन, २ हजार २ सय रुपियाँ जफत गरियो। तस्करको पहिचान रतन कुमार सिंह, उमेर ३० वर्ष , वशिष्ठ, गुवाहाटीको रूपमा गरिएको छ। पक्रा पर्ने तस्करसित गरिएको जाँचबुझको आधारमा चलाइएको अभियानमा वशिष्ठ थाना क्षेत्रस्थित हाउस नं. ४ ए चिलाराय पथ निवासी चन्दन दासको भाड़ाको घरबाट दुईजना ड्रग्स तस्करलाई पक्राउ गरियो। दुवैको पहिचान समसाद आलम उपनाम राजू (३०) र प्रदीप चौधरी (२७)- को रूपमा गरिएको छ। यी दुई तस्करहरूबाट एउटा प्लास्टिकको साबुनदानी जसमा ७.५ ग्राम हेरोइन, १७ वटा शिशीहरूमा भरिेको हेरोइन (२२.५ग्राम), नगद १७ हजार ५१० रुपियाँ औ ७४ वटा खाली शिशीहरू जफत गरियो।
दुवै छापामा मोठ तीनजना तस्करहरूलाई पक्राउ गरियो भने ४५ ग्राम हेरोइन, एउटा मोबाइल फोन, नगद राशि १९ हजार ७१०, एउटा दुईचक्के वाहन र ७४ वटा खाली शिशीहरू जफत गरिएको छ।