हराएको फुटेज’ प्राप्त गर्ने प्रयासमा जुट्यो सीबीआई

IMG-20240717-WA0003

काेलकाता: आर. जी. कर अस्पतालमा महिला डाक्टरसित भएको बलात्कार तथा हत्याको मामिलामा सीबीआईले एक नयाँ दिशामा जाँच शुरू गरेको छ। सीबीआईको दाबी छ, यस मामिलामा केही महत्वपूर्ण सीसीटीभी फुटेज अस्पताल औ थाना परिसरको हार्ड डिस्कमा लुकेको छ जुन यस मामिलामा ‘ट्रंप कार्ड’ साबित हुनसक्छ।यी फुटेजहरूकैै आधारमा सीबीआईले संदिग्धहरूविरूद्ध चार्जशीट दर्ता गर्ने तयारी गरिरहेको छ।सीबीआईले अदालतको अनुमति लिएर ती हार्ड डिस्कलाई केन्द्रिय फरेन्सिक ल्याबमा पठाएको छ ताकि त्यसमा लुकेका सबै प्रमाणहरूको जाँच गर्न सकियोस्। सीबीआईको भनाइ छ, यो फुटेजले आरजी कर अस्पतालका पूर्व प्रमुख सन्दीप घोष अनि टाला थानाका ओसी अभिजीत मण्डलविरूद्ध षड़यन्त्र तथा प्रमाण मेटाएको आरोपमा महत्वपूर्ण भूमिका निभाउनसक्छ।सीबीआईले हतायो, अस्पताल तथा थाना परिसरका केही सीसीटीभी फुटेजलाई संदिग्ध पाइएको थियो र यीमध्ये केही फुटेजहरू अधुरो अवस्थामा उनीहरूको समक्ष पुगेका छन्। अस्पताल अनि थानाका केही कम्प्यूटरहरूको जाँच गर्दा सीबीआईलाई हार्ड डिस्कमा केही फाइलहरू प्राप्त भयो जसमा हराएको सीसीटीभी फुटेज हुने आशंका छ।आर जी कर अस्पतालका ५१ वटा सीसीटीवी फुटेजको जाँच गरेपछि सीबीआईले सिभिक भोलन्टियर सञ्जय रायका गतिविधिहरूलाई चार्जशीटमा सामेल गरेको छ। यद्यपि यस मामिलामा प्रमाण मेटाएको पर्याप्त प्रमाण नभेटिएको कारणले सीबीआई ती हराएका फुटेजहरूलाई खोज्न जुटेको छ जसलाई कथित रूपमा अस्पतालका पूर्व प्रमुख सन्दीप घोष अनि टाला थानाका ओसी अभिजीत मण्डलद्वारा मेटाइएको थियो।सीबीआईले यी दुई अधिकारीहरूको मोबाइल फोनबाट हटाइएको कल रेकर्ड र भीडियो फुटेज पनि जफ्त गरेको छ जसबाट महत्वपूर्ण जानकारीहरू हात लागेको छ। यी जानकारीहरूको जाँच गर्दै सीबीआईले केही सीसीटीभी फुटेजको जाँच गरेको छ ताकि घोष र मण्डलका गतिविधिहरूको पत्तो लगाउन सकियोस्।सीबीआईले अदालतबाट अनुमति लिएर चारवटा कम्प्यूटरबाट चारवटा हार्ड डिस्कलाई कब्जामा लिएको छ र त्यसलाई फोरेन्सिक ल्याबमा पठाएको छ। फोरेन्सिक रिपोर्ट हात लागेपछि यी फुटेहरूलाई मामिलाको अघिल्लो चार्शटीमा सामेल गर्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement