खरसाङ: आज खरसाङ नगरपालिकामा एक शोक सभाको आयोजना गरिएको छ। उक्त शोक सभा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त शोक सभा विशेष गरेर खरसाङ नगरपालिकाको पूर्व भाइस चेयरम्यान तिलककुमार प्रधान, पूर्व नगर पार्षद स्व छोटे अलि अनि खरसाङ नगरपालिकाको अस्थायी कर्मचारी डोनिल रसाईली आदिको निधनमा खरसाङ नगरपालिकाद्वारा शोक सभा आयोजना गरेर सामुहिक रूपमा श्रध्दाञ्जली अर्पण गरिएको छ। तीनैजनाको निधनमा गहिरो श्रध्दाञ्जली अर्पण गर्दै चिर आत्माले शान्ति पाऊन् पनि मौन धारण गरिएको जानकारी प्राप्त भएको छ। उक्त शोक सभामा तीनैजनाको निधनमा शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै यो दु:खद घड़ीमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको बताइएको छ। उक्त शोक सभामा तीनैजनाले आफ्नो कार्यकालमा खरसाङ नगरपालिकाप्रति दिएको योगदान र भूमिका विषयमा चर्चा गरिएको थियो।

उक्त शोक सभालाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले सञ्चालन गरेका थिए भने सभामा चेयरम्यान ब्रिगेन गुरुङ, विभागीय प्रमुख सुरेन कटुवालद्वारा तीनैजना दिंवगतहरूको सम्झना गर्दै उनीहरूको योगदान विषयमा चर्चा गर्दै आफ्नो वक्तव्यमा श्रध्दाञ्जली अर्पण गरेका थिए।