जनकपुर: धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हँसपुर नगरपालिका-६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन्।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो। छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो।