काठमांडू: हालै कुनै अमूक राजनीतिक दलले विरोध सभाको लागि सामाजिक संजाल मार्फत गरेको आह्वानमा मेरो नाम र फोटो भएको फेसबुक खाताको प्रयोग गरी कुनै व्यक्तिले प्रचार प्रसार गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मैले कुनै पनि राजनीतिक दलका अभियानहरूलाई समर्थन र अनुमोदन गरी कुनै आह्वान गरेको पनि छैन र त्यसो गर्नका लागि फेसबुक लगायत सामाजिक संजालमा मेरा कुुनै खाता छैनन् भन्ने कुरा आम सर्वसाधारणलाई जानकारी गराउँदछु। यस्तो गैरकानुनी क्रियाकलाप दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु।