काठमांडू: कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्व रेड कर्नर नोटिस जारीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ।
ललितपुरको मितेरी सहकारीको बचत रकम अपचनलको आरोपमा ज्योतिसँगै ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको हो। धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद भइसकेको छ। तर उनीहरूबीचको सम्बन्ध विच्छेद नक्कली भएको बताइन्छ।










