कमनवेल्थ गेम्स २०२६-बाट कुश्ती, हकी र शूटिंगको छुट्टी हुने लगभग तय

IMG-20241022-WA0164

नयाँ दिल्ली: ग्लास्गोमा २०२६-मा हुने कमनवेल्थ गेम्सबाट हकी, कुश्ती र शूटिंग बाहिर हुने लगभग तय लागिरहेको छ कारण आयोजक शहर लागतमा कटौती गर्न चाहन्छ। स्थानीय मीडिया रिपोर्टमा यस्तो जानकारी दिइए पनि अन्तर्राष्ट्रिय हकी महासंघ (एफआईएच) र कमनवेल्थ गेम्स महासंघ दुवैले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। रिपोर्ट अनुसार, ग्लास्गो खेलहरूका आयोजक नेट बल र रोड रेसिंगलाई पनि हटाउने पक्षमा रहेको छ। कमनवेल्थ गेम्स २०२६-को आयोजन पहिलो अष्ट्रेलियाको भिक्टोरियामा हुनु थियो तर बढ़्दो लागतले गर्दा उनीहरू आयोजनबाट पछि हटेका थिए। त्यसपछि स्कटल्याण्डले आयोजनको निम्ति कदम बढ़ाएको थियो। खेलहरूको कार्यक्रम चाँड़ै घोषणा गरिनेछ, जसमा केवल १० वटा खेल सामेल गरिनेछ। बर्मिंघम २०२२-मा १९ वटा खेलको आयोजन गरिएको थियो। यसअघि भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का अध्यक्ष सञ्जय सिंहले कमनवेल्थ खेल महासंघ (सीजीएफ)-सँग यस खेललाई २०२६-को कमनवेल्थ गेम्समा कायम राख्ने आग्रह गरेका थिए। खेलहरूको आयोजन अष्ट्रेलियाई राज्य भिक्टोरियाबाट ग्लास्गोमा सरेको हुनाले डब्ल्यूएफआई-को आग्रहले कुनै फरक पर्ने लागिरहेको छैन। कमनवेल्थ गेम्सको कुश्ती खेलमा भारत सबैभन्दा सफल देशहरूमा एक रहेको छ। भारतले २०२२-सम्म यस खेलमा ११४ वटा पदक जितेको छ। कुश्ती गत ३ वटा कमनवेल्थ गेम्सको हिस्सा रहेको छ। यसअघि कुश्तीलाई २००६-मा स्थान प्राप्त भएको थिएन। त्यस समय कुश्तीको बद्ली बास्केटबलले स्थान पाएको थियो। यसअघि १९९८-मा १० पिन बलिंगलाई सामेल गर्नको निम्ति कुश्तीलाई खेलहरूका सूचीबाट हटाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement