सिलगढी: सिलगढी नगरनिगमको पहलमा लायन्स क्लब अफ् सिलगढी मेट्रो-को तर्फबाट यही २७अगस्तमा निःशुल्क कोभिड भ्याक्सिन शिविरको आयोजना गर्ने भएको छ। कार्यक्रमका संयोजक दीपक गर्गले बताएअनुसार सिलगढीको ४१ नम्बर वार्डका पार्षद शिविका मित्तलको सहयोगमा आयोजित उक्ता शिविर आगामी २७ अगस्तको दिन बिहान १० बजीदेखि साँझ ४ बजीसम्म ५०० जना मानिसहरूलाई कोभिडशिल्ड भ्याक्सिन लगाइनेछ। उक्त शिविर सिलगढीको ज्योतिनगरस्थित उल्का क्लब मैदान नजिक मेट्रो लायन्स डाइबेटिज एवम् वेलनेस सेन्टरमा आयोजना गरिने भएको छ।