भद्रपुर: झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ।हल्दिबारी-१ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जुवाको खालबाट नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।पक्राउ पर्नेमा हल्दिबारी १ का ६३ वर्षीय यज्ञराज त्रिताल, ४५ वर्षीय वीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी राई रहेका छन्।त्यस्तै, बिर्तामोड ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर, ४३ वर्षीय माधव भट्टराई, ५८ वर्षीय रामबाबु राउत, ४५ वर्षीय विशाल अधिकारी र भद्रपुर ८ का सुवास न्यौपाने रहेको झापा प्रहरीले जनाएको छ।