रौतहट: परोहा नगरपालिका-६ बसन्तपट्टी चोक नजिकै सडकमा लौकाहाबाट कोपवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सो ठाउँ बस्ने कृष्णा साहको छोरा ६ वर्षीय आदित्य साहको सोमबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै नारायणी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।