काठमांडू: सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्। नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए।उनले भने, ‘नेकपा एस छाडिकेको छु। अहिले म तटस्थ छु। कतै जाने सोचेको छैन। मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ।’ उनले आफू एक्लै रहेको भन्दै नेकपा एसका अरु नेताहरूको बारेमा थाहा नभएको बताए।
नेकपा एसमा आलेसहित एकीकृत मालेबाट अलग्गिँदा माधव नेपाललाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट छन्।