बेलबारी गोल्डकप: चित्लाङ सेमिफाइनलमा

IMG-20241022-WA0128

मोरंग (बिराट चौक): मोरङको बेलबारीमा जारी ७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा काठमांडूको चित्लाङ फुटबल क्लब पुगेको छ।
बेलबारी-११ लक्ष्मीमार्गमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३-१ गोलअन्तरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।खेलको १६औं मिनेटमा विदेशी खेलाडी हेनरीले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। ३३औं मिनेट काठमाडौंका रोबर्टले गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाए।
५६ औं मिनेटमा रोबर्टले व्यक्तिगत गोल दोब्बर बनाए भने टोलीको गोल संख्या तेब्बर बनाउन सफल भए। ६१औं मिनेटमा धनकुटाका अनन्त तामाङले १ गोल फर्काए। म्यान अफ द म्याच रोबर्टले नगद ५ हजार प्राप्त गरे।
एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज मंगलबार काठमांडूको ब्रिगेड ब्वाइज क्लब र बुटबलको बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement