कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा सोमवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच रोमाञ्चक रह्यो। सम्थार खेल मैदानमा भएको म्याचमा ब्रदर्स बाई हार्ट (सुरुक)-ले पारिजात संघ फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल एरोन लेप्चाले चौथो मिनटमा गरे। एरोन लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। ब्रदर्स बाई हार्टले अब २३ अक्टोबरमा खेलिने पहिलो सेमिफाइनलमा ग्लेनबर्न युनाइटेडको चुनौती स्वीकार्नेछ। यसरी दोस्रो सेमिफाइनल २५ सेप्टेम्बरमा एनवाईसी, सेवोक र सेल्फी डाँड़ा पन्बुबीच खेलिनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।