नयाँ दिल्ली: भारतीय कप्तान रोहित शर्मा टीमको चयनमा निरन्तरतामा विश्वास गर्छन्, जसले गर्दा घरेलु परिस्थितिहरूमा निराशाजनक प्रदर्शन गर्ने पेस बलर मोहम्मद सिराजले न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टको अन्तिम एकादशमा स्थान बनाउन संघर्ष गर्नु पर्नेछ। भारत र न्यूजील्याण्डबीच दोस्रो टेस्ट म्याच २४ अक्टोबरदेखि पुणेमा शुरु हुनेछ। टीममा स्पिन बलिंग अलराउण्डर वाशिंगटन सुन्दरको चयनले प्रशिक्षक गौतम गम्भीर र कप्तान रोहित स्पिन बलिंग अनुकूल पीचमा उनलाई खेलाउन इच्छुक रहेको संकेत प्राप्त भएको छ। हैदराबादका ३० वर्षीय पेस बलर सिराजले आफ्नो ३० वटा टेस्ट म्याचको करियरमा ८० विकेट लिएका छन्। यसमा उनले ६१ विकेट दक्षिण अफ्रिका, ईंग्ल्याण्ड र अष्ट्रेलियामा खेलिएको १७ वटा टेस्ट म्याचमा लिएका छन्। यसको विपरीत उनले भारतमा १९ वटा टेस्ट म्याचमा १९२.२ ओभर बलिंग गरेर केवल १९ विकेट लिएका छन्। यस आँकड़ाले पनि सिराज उपमहाद्वीपको परिस्थितिहरूमा जसप्रीत बुमराह र मोहम्मद शमी जतिको प्रभावशाली साबित नभएको साबित गर्छ। बुमराह र शमीमा जस्तै परिस्थिति र पीचमा पनि विकेट हासिल गर्ने क्षमता छ। सिराजले भारतमा खेलेको ४ वटा टेस्टमा त १ विकेट पनि लिन सकेका छैनन्। यसमा पनि २ वटा म्याचमा त उनले केवल १० र ६ ओभर बलिंग गरेका छन्। यी दुईवटा म्याच अष्ट्रेलियाविरुद्ध गत वर्ष इन्दौर र दिल्लीमा खेलिएको थियो।
सिराज नयाँ बलको साथ पनि विकेट हासिल गर्न असमर्थ भइरहेका छन्, जुन सबैभन्दा ठूलो निराशाजनक कुरा हो। यसले गर्दा जसप्रीत बुमराहमाथि दबाउ बढ़िरहेको छ। भारतका नयाँ पीढ़ीका बलरहरूसँग काम गर्ने एकजना बलिंग प्रशिक्षकले बताएअनुसार, सिराजको बलिंगमा भारतीय परिस्थितिहरूका निम्ति जरूरी तक्निकको कमी छ। उनले गोपनीयताको शर्तमा भने, सिराजको रेकर्ड हेर्दा उनले अधिक बाउन्स भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाको पीचहरूमा ईनिंग्समा ५ विकेट गरेर लिएको पाउँछौं। बललाई ब्याटरभन्दा ६-देखि ७ मीटर अघि फ्याँक्नुलाई टेस्ट क्रिकेटमा पेस बलरहरूका निम्ति आदर्श लम्बाई मानिन्छ। यसबीच अलग-अलग देशहरूमा परिस्थिति अनुसार बलरहरूले आफ्नो बलिंगमा विविधता ल्याउनु पर्छ। आफ्नो समयमा घरेलु क्रिकेटका शीर्ष बलरहरूमा सामेल यस खेलाड़ीले भने, अष्ट्रेलियामा आदर्श लम्बाई ८ मीटर हुन्छ। यसरी ईंग्ल्याण्डमा लगभग ६ मीटर र कम्ती बाउन्स रहेको भारतीय पीचहरूमा यो ६.५ मीटरको हुन्छ। यस ६.५ मीटरको छेउछाउ बललाई फ्याँकेर सही गति राख्न सके अनि बलमा सामान्य मूवमेण्ट रहे ब्याटको बाहिरी किनारामा लाग्ने सम्भावना हुन्छ। सिराजले भारतीय पीचहरूमा पनि ८ मीटरको दुरीमा बल फ्याँकिरहेका छन्। भारतमा यसरी विकेट हासिल गर्नु मुश्किल हुन्छ। भारतमा पीच धीमा भएको हुनाले ८ मीटरको लम्बाई भएको बललाई जाँच्न ब्याटरहरूसँग अधिक समय रहन्छ। यस बलिंग प्रशिक्षकले २२ नोभेम्बरदेखि अष्ट्रेलियामा खेलिने बोर्डर-गावस्कर ट्रफीको ५ वटा टेस्टमा चाहिँ सिराजले फर्म हासिल गर्ने आशा व्यक्त गरे।