मन्दिरमा पसेर मूर्ति भत्काएको घटनाको विरोध प्रदर्शन  

00-1-Murti

भागलपुर: बिहारको भागलपुर जिल्लाको एक मन्दिरमा मूर्ति भाँचिएको भेटिएपछि आइतबार मानिसहरूले प्रदर्शन गरे। पुलिसले यो जानकारी दिएको हो। सनहौला पुलिस चौकी इलाकामा भएको उक्त घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको पुलिसले जनाएको छ। प्रदर्शनका क्रममा मानिसहरुले सडकमा टायर बाले। उक्त क्षेत्रमा शान्ति स्थापना गर्न सुरक्षाकर्मीले फ्ल्याग मार्च निकाले। भागलपुर पुलिसले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो घटना हिजो राति सनहौला थाना क्षेत्रको पोखरी नजिक रहेको मन्दिरमा भएको हो। केही अज्ञात व्यक्तिले विभिन्न देवी देवताका मूर्ति तोडे छन्। घटनाको सम्बन्धमा एफआईआर दर्ता गरिएको छ र एक संदिग्धलाई पनि पक्राउ गरिएको छ। घटनाको विरोधमा सनहौला पुलिस चौकी बाहिर ठूलो संख्यामा जम्मा भएका मानिसहरूले सडक अवरुद्ध र टायर बालेर विरोध प्रदर्शन गरे। सुरक्षाकर्मीले सो क्षेत्रमा फ्ल्याग मार्च निकाले।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement