सिलगढी थानाको पुलिसको कारबाहीमा चार जना पक्राउ

IMG-20241021-WA0189-copy

सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा छापा मारेर सिलगढी मेट्रोपोलिटन पुलिस सिलगढी थानाको पुलिसले ठूलो सफलता हासिल गरेको छ। पुलिसको कारबाहीमा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विशाल राउत, प्रदीप पासवान, छोटु हेला र रञ्जन साहनी रहेका छन्। पक्राउ पर्नेमा विशाल राउत पनि प्रदीप पासवानको घर टिकियापाडा र छोटु हेलाको घर शबननगर रहेको छ। रञ्जन साहनीको घर विनय मोडमा छ।

सिलगढी पुलिस थानाको पुलिस स्रोतका अनुसार हिजो राति पुलिसलाई गोप्य स्रोतबाट सूचना प्राप्त भएअनुसार प्रोबारा कालोनी सब्जी बजार क्षेत्रमा केही लुटपाटमा संलग्न छन्। गोप्य स्रोतबाट जानकारी प्राप्त हुनासाथ सिलगढी पुलिस थानाले कारबाही थाले। उक्त कारबाहीमा चारजना पक्राउ परे। अभियुक्तको साथबाट लुटपाटका लागि ल्याइएका विभिन्न उपकरण बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई सोमबार सिलगढी सब डिभिजनल अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement