जलपाईगढी: उपचुनावको लागि चुनावी अभियानले गति लिइरहेको छ। भाजपा र तृणमूल दुवै पार्टीले आफ्नो उम्मेदवार घोषणा गरेका छन्। अहिले सबै दलका नेताहरुले प्रचारप्रसार शुरु गरेका छन्। यसैबीच सोमबार मदारीहाट विधानसभा सीटका भाजपा उम्मेदवार राहुल लोहार डिमडिमा बगानमा प्रचारमा देखिए। उनले चिया बगानका मजदुरहरुलाई भेटेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए। १३ नोभेम्बरमा देशका दुई राज्यका साथै पश्चिम बंगालको ६ वटा विधानसभा सीटहरूको लागि उपचुनाव हुनेछ। त्यसका लागि सबै राजनीतिक दलले प्रचारप्रसारलाई तीब्रता दिएका छन्।