तृणमूल राज्यका प्रवक्ताद्वारा आन्दोलनकारी डाक्टर र उनीहरूका समर्थकहरू विरुद्ध प्राथामिकी दर्ता गर्ने निर्णय

IMG-20241021-WA0234

 जलपाईगढी: तृणमूल राज्यका प्रवक्ताले आन्दोलनकारी डाक्टरहरू र उनीहरूका समर्थकहरू विरुद्ध प्रथामिकी दर्ता गर्ने निर्णय गरेका छन्। उनले हडताल गरेर चिकित्सा सेवामा क्षति पुर्‍याउन खोज्नेलाई कारबाही गर्नुपर्ने बताए। ‘नम्रता कमजोरी होइन। यो हडतालले संस्कृति आयात गर्दैछ, अब जनता सडकमा उत्रनेछन्। भोलि केही नराम्रो भयो भने प्रथामिकी दर्ता हुन्छ। उनीहरुले सरकारलाई ब्ल्याकमेल गरिरहेका छन्’, तृणमूल राज्यका प्रवक्ता अरुप चक्रवर्तीले सोमबार जलपाईगढी जिल्लाको डुवर्सको मटेली ब्लकको धुपझोडा बजार क्षेत्रमा आयोजित तृणमूलको विजया सम्मेलन कार्यक्रममा मंच यसरी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement