दार्जिलिङ: अाज दार्जिलिङमा स्वाधीनता सेनानीहरूको स्मृतिमा बलिदान दिवस पालन गरिएको छ। दार्जिलिङको विभिन्न संघ संस्थाहरूका आयोजनामा सम्पन्न बलिदान दिवस कार्यक्रम दार्जिलिङको चौरास्ता परिसरमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा रक्तदान शिविर र बाइक रैलीको पनि आयोजना गरिएको थियो। बलिदान दिवसको अवसरमा सम्पन्न कार्यक्रममा दार्जिलिङ जिल्लाको पुलिस अधीक्षक सन्तोष निम्बलकर र हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड लगायत अन्यहरूले रक्तदान गरेका थिए।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षक सन्तोष निम्बलकरले आज बलिदान दिवसको अवसरमा देशको स्वतन्त्रताको आन्दोलनमा बलिदान दिने गोर्खा स्वाधीनता सेनानीहरूलाई सम्झना गर्दै श्रध्दाञ्जली अर्पण गरिएको बताएका छन्। उनले यस अवसरमा रक्तदान शिविर आयोजना गरिएको र यस रक्तदान शिविरमा आफुले पनि रक्तदान गर्न पाएकोमा खुशी लागेको बताएका छन्। त्यसरी नै आयोजक समितिको पक्षबाट अञ्जनी शर्माले आज दार्जिलिङको चौरास्ता परिसरमा बलिदान दिवस पालन गरिएको क यस अवसरमा हामीले सहीद दुर्गा मल्लसितै २२ जना गोर्खा स्वाधीनता सेनानीहरूलाई श्रध्दाञ्जली अर्पण गरिएको बताएका छन्।